‘ममाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाएको छ’ : उम्मेदवार डंगोल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाएको बताएका छन् । उनले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको बताएका छन् ।

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको उनले बताएका छन् । तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटौँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।

उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पनि आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्