मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आयोगका सदस्य ठाकुरको आरोप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् । बुधवार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए ।

उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे । उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आव्हान गरे ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्