‘म महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन दिन्नँ’ : उम्मेदवार सिर्जना सिंह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने बताएका छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सिंहले यस्तो बताएका हुन् ।

सिंहले पार्टीको घोषणापत्र र आफ्नो संकल्प पत्रलाई आधार मानेर आफू अघि बढ्ने पनि बताएका छन् । आफू मेयर भइसकेपछि काठमाडौं महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, डिजिटल प्रविधि अपनाएर घरबाटै सेवा लिन सक्ने बनाउने उनको भनाइ छ ।

उनले महिला आन्दोलनका लागि आफ्नो उम्मेदवारी गौरवपूर्ण रहेको पनि बताइन् । उनले महिलाले उत्पादन गरेका वस्तुलाई प्रत्येक वडामा कोसेली घर बनाएर बजारको व्यवस्थापन गर्ने, युवा वर्गका लागि विशेष योजना बनाउने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्