काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन अध्यक्ष नेपालको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् । एक भएर जानुको विकल्प नभएको पनि उनले बताएका छन् ।

सत्ता गठबन्धनमा भाएको भागबण्ड कांग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन । मुलुकले पाएका उपलब्धिको रक्षा गर्नेहरु, संविधान जोगाउनेहरु, देशमा सुशासन ल्याउनुपर्छ भन्ने मान्यता बोक्नेहरू, गणतन्त्रका हिमायतीहरू प्रगतिशील गठबन्धनमा रहेका उनले बताए । उनले अहिले देशमा २ वटा गठबन्धन रहेको दाबी गरे । ओलीले नेतृत्व गरेको गठबन्धनमा दक्षिणपन्थी शक्तिहरु सामेल भएको उनले बताए । विदेशीहरुसँग लम्पसार पर्नेहरू त्यो गठबन्धनमा सामेल भएको उनले बताए ।

सत्ता गठबन्धन उपलब्धीको रक्षा गर्नेहरुको गठबन्धन रहेको पनि उनले दाबी गरे । अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेको टिप्पणी गरे । ओलीले नेतृत्व गरेको गठबन्धनमा संविधान विरोधी शक्तिहरु सामेल भएका पनि अध्यक्ष नेपालले आरोप लगाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्