स्थानीय तहका निर्वाचन : दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

nirwachan
Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको हो । सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिए ।

दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै याम्फुदिन, घुन्सा, ओलाङ्चुङ गोलालगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताए ।

टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्