मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी प्रचारमा जान आयोगको अनुमति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन निर्वाचन आयोगले अनुमति दिएको छ । झाँक्रीले चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागे पछि आयोगले अनुमति दिएको हो ।

उनलाई मन्त्रीको हैसियतमा प्राप्त कुनै पनि सेवा सुविधा प्रयोग नगरी त्यस्ता कार्यक्रममा सहभागी हुन अनुमति दिइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा सरकारी पदमा रहेका व्यक्ति पार्टीको चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाइने उल्लेख छ । उनी सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीकी सचिव हुन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्