महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भनेका हुन् ।

गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने , “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।” गठबन्धनमा शङ्का, उपशङ्का गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्”, भने ।

उनले गठनबन्धनले छ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दललेभन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्