स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काठमाडौं र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ । मौन अवधि शुरु भएदेखि निर्वाचन नसकिउन्जेल सम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर दुवै जिल्ला प्रशासनहरुले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन् । मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्