सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता एक साताका लागि स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्