‘हामीले जितको तयारी गरिसक्यौं, नेकपा एमालेका जित अनिवार्य छ’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भईसकेको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले आफूहरु एमालेको जीतका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्याधिक बहुमतका साथ स्थानीय तह निर्वाचनमा जित्नुपर्ने जिकीर गरे ।

उनले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने पनि दोहोयाए । सभामा अहिले ओलीले सम्बोधन गरिरहेका छन् । यस अघि बोलेका भएका काठमाडौं महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले आफूहरु विजयी हुने र एक वर्ष भित्रै काठमाडौंमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिएका थिए । कार्यक्रममा ओलीले नेकपा (एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्