बिहिबार पनि निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोग, नेपालले पनि मतदाता शिक्षा दिँदैछ । नयाँ मतदाताहरुलाई मतदाता शिक्षाबारेमा जानकारी दिन आयोगले तोकिएका मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिइरहेको हो । आयोगका अनुसार बुधवार मतदाता शिक्षा लिने नयाँ मतदाताहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।

अयोगले बुधवार र बिहीवार गरी दुई दिन मतादाता शिक्षा दिने यसअघि नै निर्णय गरिसकेको छ । नयाँ मतदाताहरुलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइनेछ । आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्