रातो मच्छिन्द्रनाथको जात्रा : बिहिबार लगनखेलमा नरिवल खसालिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ । लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ । वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पुयाएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको हो ।

मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक÷एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ । ३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ । नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ । परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्