पूर्वसांसद भीमबहादुर श्रेष्ठसहितका ५ जना कार्यकर्तालाई कांग्रेसले गर्यो पार्टीबाट निष्कासन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई कांग्रेसले निष्कासन गरेको हो ।

भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा। केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्