भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका कार्यक्रमहरू सार्वजनिक, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सार्वजनिक गरेका छन् । मोदी पाँचौ नेपाल भ्रमण आउँदा हेलिकोप्टरमा भारतीय सीमावर्ती सहरबाट लुम्बिनी आउने भएका हुन् ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई हेलिप्याडमा स्वागत गर्नेभएका छन् । मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच पवन प्यालेस होटेलमा द्विपक्षीय भेटवार्ता हुने भएको छ । त्यहाँ मोदी इन्टरनेसनल बुद्धिष्ट फोरमको बैठकमा सहभागी हुनेछन्। मोदीले एक बिघा जमिनमा एक अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम छ ।  मोदी र देउवाले मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित पूजाआजा गर्नेछन् ।

मोदीका तर्फबाट रोपिएको बोधीवृक्षमा पानी हाल्ने कार्यक्रम पनि छ । उनले मायादेवी मन्दिरछेउको रूखमुनि ध्यान गर्नेछन्। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा करिब दुई हजार सहभागीलाई मोदी र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । मोदीको भ्रमणले छिमेकी पहिलो नीतिलाई अघि बढाउन र भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्