डडेल्धुराको पाँच पालिकामा मतगणना जारी

Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।

अन्य दुई पालिकामा आजै मतगणना सुरू हुने बताए । भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए । अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ । गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्