कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेपछि इलामको देउमाई नगरपालिकामा २ राउन्ड हवाई फायर

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । इलामको देउमाई नगरपालिकामा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । मतगणनाको विषयमा विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको हो ।

गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु भएको थियो । अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्