ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा सत्तारुढ गठबन्धन र एमालेबीच झडप, २ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा झडप भएको छ । सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका(९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

अर्का घाइते ढोरपाटन नगरपालिका(१ का ४० वर्षीय खिमबहादुर विकको बुर्तिवाङमा उपचार भइरहेको छ । घाइतेहरु नेकपा एमालेका कार्यकर्ता हुन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार राति १२ बजेपछि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुन आग्रह गरेको भएपनि दुवै पक्षका सयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित हुँदा झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्