ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार ६ सय ६१ मत प्राप्त गरी विजयी

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।

कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन् । उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्