सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका कायस्थ एक हजार ३१० मतले विजयी

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त गरे । एमालेबाट वडा सदस्यमा मञ्जु कार्की, कुमार चौलागागाई र कल्पना परियार विजयी भएका छन् । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी भएका छन् ।

उक्त नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् भने एमालेका वासुदेव थापाले एक हजार ३४८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेका छन् । भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्