काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले अग्रता बढाउँदै, फराकिलो मतान्तरको साथमा अघि बढ्दै डंगोल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।

महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्