भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनुको झिनो मतान्तरले अग्रता, ८० भोटले उछिने सुवेदीलाई

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले अग्रता कायम राखेकी छन् । चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ज्ञडढछ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् । भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्