मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उनले दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनि दुई हजार ५९८ मतसहित विजयी भएका हुन् ।

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन लिम्बू निर्वाचित भएका छन् । उनले दुई हजार ६६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गरेका छन् । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष थिए । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्