बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले बताए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याएका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो ।  यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गरेका निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह ठकुरी ५१४ मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गरेका हुन् ।

यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गरे । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामराजा महर्जनले ४७५ मत प्राप्त गरेका छन् । कुल ४८ हजार ३०४ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । सो नगरपालिकामा १३ वडा छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्