सङ्खुवासभाको सिलिचोङको अध्यक्षमा कांग्रेसका मेवाहाङ विजयी

Ad
  • कालोपाटी सम्बाददाता

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन् । मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गरेका थिए । यहाँको उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी भए । उपाध्यक्ष कुलुङले दुई हजार ७५ मत ल्याएका थिए । माओवादीका देवीकुमारी मेवाहाङले एक हजार ७७० मत ल्याएका छन् ।

सिलिचोङमा वडा नं १ र ५ माओवादी केन्द्रले जितेको छ । वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ र वडा नं ५ मा ईश्वर राई विजयी भए । त्यसैगरी वडा नं ३ नं मा कांग्रेसका प्रतापसिंह तामाङले विजय हासिल गरे । त्यसैगरी वडा नं २ मा नेपाली कांग्रेसका मोहन शम्शेर कुलुङ विजयी भए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्