सिन्धुपाल्चोकको भोटेकोशीमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार पाशाङ नुर्पु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित पाशाङ नुर्पुले २ हजार ६ सय ५ मत पाए भने । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत कुमार खड्काले २ हजार ४८ मत पाएका थिए ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी दिछेन शेर्पा २ हजार ७१२ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तली माया श्रेष्ठले २ हजार ५५३ मत पाएकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्