जनकनन्दनीमा जसपाका दिपीनदेव यादव १५८ मत ल्याई विजयी

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेका अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे । कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित हुनुभएको छ भने वडा नं ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी भएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्