दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार हीरा कुमार थोकर विजयी

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित भएका छन् । थोकरले चार हजार ४४२ मत प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गरेका छन् । सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्