हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

हुम्ला । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका कर्ण रोकाया निर्वाचति भएका छन् । आज बिहान सकिएको मतगणनामा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह एक हजार ९६८ मत ल्याएर विजयी भएका फडेराले एक हजार ३२९ मत ल्याउनुभएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेस विद्रोही उम्मेरदवार स्वतन्त्र लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गरेका छन् । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलोपटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित भए । छ वटा वडा रहेको गाउँपालिकामा चार वडामा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा उम्मेरदवार विजयी भएका छन् ।

माअ‍ेवदी केन्द्रको तर्फबाट वडा नं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं १ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् । वडा नं ६ मा माओवादी केन्द्रका वृखबहादुर बुढाको प्यानल विजयी भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्