झापाको कनकाई नगरप्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

Ad
  • कालोपाटी सम्बाददाता

झापा । झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएक छन् । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएक थिए ।

पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएक छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार भएका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बनेका छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्