भरतपुरमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनुको अग्रता यथावत्, सुवेदीभन्दा १ हजार ८५२ मतले पछाडि

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् । रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ प्राप्त गरेका हुन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्