मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ, पालिका तथा वडामा कार्यको थालनी

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएका थिए । दुई पालिकामा नेकपा (एमाले) तथा दुई पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेका हुन् ।

एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले शपथ लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै कांग्रेसबाट निर्वाचित नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले शपथ लिएका छन् । एमाले तथा कांग्रेसबाट निर्वाचित अध्यक्षहरुले फरक–फरक दिनमा शपथ लिएको जनाइएको छ ।

त्यसैगरी पालिका अध्यक्षहरुले शपथ लिएसँगै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यले पनि बुधबार शपथ लिएका छन् । शपथ लिएसँगै पालिका तथा वडामा कार्यको थालनी गरिएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्