भरतपुर महानगरमा रेनु दाहालले ४४ हजार ३०५ मत प्राप्त गरि बनाए फराकिलो मतान्तर, नेकपाभन्दा १० हजार मतले अगाडि

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् । उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्