२० लाख मूल्य बराबरको सामान सहित सवारीसाधन नियन्त्रणमा, कारवाहीका लागि बुझाइयो वीरगञ्ज भन्सार कार्यालयमा

Ad
  • कालोपाटी सम्बाददाता

पर्सा । भन्सार छलि ल्याएको करिब रु २० लाख मूल्य बराबरका विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको सवारीसाधन प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामग्री तथा सवारीसाधनलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका–७ रामटोल नजिकै रेल्वेरोडबाट बा २० च ७८६४ नं को पिकअप गाडीलाई कपडाजन्य सामाग्रीसहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्