उदयपुर जिल्लाको चट्याङ लागेर एक महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो ।

आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहनु भएकी बुढाथोकी सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्