भायानेटले ल्यायो अल्ट्राफाई लाईनका प्रोडक्टहरुमा परिमार्जन, २ सय एमबीपीएस इन्टरनेट अब ९९९ मा पाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्ना विद्यमान अल्ट्राफाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्राफाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।

जसअनुसार भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु ९९९ प्रति महिनाको मूल्यमा पाउनेछन् । १७५ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि रु ११०० प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् ।

यी दुवै योजनाहरूमा रु ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्