बुधबार बढ्यो १४.३७ अङ्कले नेप्से परिसूचक, सबैभन्दा बढी कारोबार कस्को ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा पुगेको हो । बुधबार कुल २२६ कम्पनीको २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको ८ करोड ३४ लाख ८ हजार ७ सय ४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै बुधबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७.१३ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्