‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन सकेन : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको बताएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा गरेको, बम पड्काएको र उम्मेदवारहरूलाई थुनिएको बताए ।

‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन रु’, अध्यक्ष ओलीले संसदमार्फत सरकारलाई प्रश्न गरे । उनले सरकारले निर्वाचन धाँधलीरहित निर्वाचन भएको भनेपनि सत्ता गठबन्धनले निर्वाचनका नाममा लोकतन्त्रकै धज्जी उडाएको बताए । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्