पल शाहको थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) को थुनछेक आदेशको मुद्दामा बिहीबार सुनुवाइ हुँदै छ । शाहलाई धरौटीमा छाड्ने र नछाड्ने भन्नेबारे बिहीबार उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा पुगेका थिए । त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर, पछि पीडित भनिएकी बालिका उनका अभिभावकले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि उक्त घटनाले नयाँ ट्विस्ट लिएको थियो ।

पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ । उक्त मुद्दामा शाहका म्यानेजर कृष्ण प्रसाद जोशी धरौटीमा रिहा भएकाले उनले मुद्दामा चलखेल गरेको भन्दै उनलाई पनि थुनामै राख्न सरकारी वकिलले निवेदन दिएको छ । यी सबै मुद्दालाई लगाउमा राखेर बिहीबार सुनुवाइ हुनेछ । बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्