धरानका बलात्कार आरोपी ३६ वर्षीय प्रिन्सिपल पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । धरानमा बलात्कारको आरोप लागेका प्रिन्सिपल पक्राउ परेका छन् । एक बोर्डिङ स्कुलका ३६ वर्षीय प्रिन्सिपल राजकुमार खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । धरान उपमहनगरपालिका ५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका( १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।  सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्