७४९ स्थानीय तहको नतिजा आउँदा जित्यो कांग्रेसले ३२७ स्थानमा प्रमुख पद, नेकपा एमालेले जित्यो कति सिट ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । देशभरका ७४९ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा राजनीतिक दलले प्रमुख पद जितेर दलीय अस्तित्व कायम गरेका छन् । सबैभन्दा बढी ३२७ स्थानमा प्रमुख पद जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले २०५ स्थानमा प्रमुख पद जितेर दोस्रो बनेको हो ।

काठमाडौं , उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाबाहेक सबै पालिकाको नतिजा आएको छ । त्यस्तै प्रमुख पदमा १२१ सिट जितेर माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेस र एमालेबीच प्रमुख पदमा १२२ सिट फरक छ भने एमाले र माओवादीबीच ८३ सिटको फरक छ । संसदको चौथो पार्टी जनता समाजवादीले ३० सिट जितेर स्थानीय तहमा चौथो स्थान बनाएको छ भने संसदको तेस्रो पार्टी नेकपा एकीकृत समाजवादीले २० सिट जितेर पाँचौं स्थान सुरक्षित गरेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुखतर्फ १६ सिट जितेर पाँचौं दल बन्दा राप्रपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी बराबरी चार–चार सिट जितेर छैटौं स्थानमा छन् । सिके राउत नेतृत्वको जनमत पार्टी २ सिट जितेर सातौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीले एक–एक सिट जितेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्