‘कर्णालीमा प्रचलित दर्शन परम्परा’ नामक पुस्तक प्रकाशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ ।

त्यस्तै मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा, कर्णालीमा प्रचलित दर्शन(परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ । नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन तथा कर्णालीको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचयसहित दर्शनमा प्रवेश गरेका हुनाले कर्णालीका लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ ।

सरल भाषामा मानवसहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीका लागि पुस्तक उपयोगी रहेको लेखकको भनाइ छ । कुल ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ छ । पराजुलीका यसअघि ‘तिब्बत यात्रा’९२०७२० ९अङ्ग्रेजी र नेपाली०, ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ ९२०७४० र ‘श्वेत पर्वत’९२०७८० प्रकाशित भइसकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्