रचनात्मक तरिकाले विकासको काममा लाग्नेछु : उपप्रमुख डङ्गोल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताए ।

उनले भने , “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भएका छन् , त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका तर्फबाट विजय भएका जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।” उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्