मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या, मौसमविद भन्छन्-‘ आज आकाश खुल्ने सम्भावना धेरै कम छ’

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनः हेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

“खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौं देखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने । उनले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन अवस्थामै रहेको उल्लेख गरे । टुकुचे र धवलागिरि क्षेत्र आसपासबाट विमान सम्पर्कविहीन भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

अपराह्न हुँदै जाँदाखेरि पानी पर्ने सिस्टम झन् बलियो हुँदै जाने देखिन्छ । त्यसैले पोखरा, मुस्ताङ एरियातिर आकाश खुल्ने सम्भावना धेरै कम छ । तराईतिर भने अलि–अलि खुल्ला ।’ घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ । हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् ।

उक्त विमान पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो । पच्चीस मिनेटको यात्रापछि अवतरण हुनुपर्ने जहाज अझै सम्पर्कका आउन सकेको छैन । जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्