प्रहरीले पैदलबाटै सुरु गर्‍यो सम्पर्कविहीन विमानको खोजी

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न पैदल यात्राबाट प्रहरी टोली खटिएको छ । मौसमको खराबीका कारणले गर्दा प्रहरीले पैदलबाट खोजी कार्य सुरु गरेको हो ।

अहिलेसम्म विमानबारे केही जानकारी प्राप्त नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । प्रहरीको टोली पैदल यात्रा गरेर विमानको खोजी कार्यमा लागेको उनले जानकारी दिए ।

घासाको चेक पोष्टबाट प्रहरी सम्पर्कविहीन भएको स्थान लेते जाँदैछन् । त्यहाँ पुग्न प्रहरीलाई करिब चार घण्टा लाग्छ । विमानको खोजीकार्यका लागि नेपाली सेनाको पैदल टोली पनि मुस्ताङको घासाबाट परिचालित भएको छ । त्यस्तै, सेनाको हेलिकोप्टर पनि काठमाडौंबाट गएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्