सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । दिउँसो ३ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो ।

पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्