पर्साको वीरगञ्जमा ४० देखि ५० पिन्टसम्म रगतको माग, थालीयो रगत सङ्कलन अभियान

Ad
  • कालोपाटी सम्बाददाता

पर्सा । पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न सङ्कलन अभियान थालिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रमा हरेक समूहको रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदानमार्फत सङ्कलन अभियान थालिएको हो ।

केन्द्रमा मौज्दात रगत सकिँदा जटिल र गम्भीर रोगका बिरामीको उपचारमा समस्या देखिन थालेपछि यस्तो रगत सङ्कलन अभियान थालिएको छ । वीरगञ्जमा मात्रै दैनिक ४० देखि ५० पिन्टसम्म रगतको माग भएको देखिन्छ । अहिले केन्द्रमा रगत माग गर्न आउनेसँग सोधभर्नाबापत रगत लिएर रगत दिने काम भइरहेको छ भने आवश्यकता अनुसार विभिन्न सङ्घ संस्थाको सहकार्यमा रक्तदान अभियान सञ्चालन गरिँदै आएको हो ।

रक्तदान कार्यक्रम आयोजना गर्ने सामाजिक सङ्घ संस्था र राजनीतिक दल स्थानीय तह निर्वाचनमा व्यस्त भएको कारण पछिल्लो पटक पर्सा र बारामा कुनै पनि ठूलो रक्तदान कार्यक्रम नहुँदा रगत अभियान देखिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्