सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने, अर्थमन्त्री शर्मा भन्छन् – ‘चुनाव लक्षित बजेट ल्याएको होइन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । अर्थ मन्त्रालयमा सोमबार भएको कार्यक्रममा शर्माले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् । सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले चुनावी कुरा नभएको दाबी गरेका छन् ।

उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए । त्यस्तै  सरकारले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार कर हटाउने भएको छ । अहिले पेट्रोलियम पदर्थमा १० प्रतिशत पूर्वाधार कर लाग्दै आएको छ । सरकारले कर घटाउने अन्तिम तयारीमा लागेको अर्थमन्त्री शर्माले जानकारी दिएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्