कस्ता उद्योगले पाउँछन् आयकरमा ५० प्रतिशतसम्म छुट ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले एक करोडसम्म कारोबार गर्ने लघु उद्योगलाई ५० प्रतिशत कर छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७९र०८० को नयाँ बजेटमार्फत घरेलु उद्यममार्फत अर्थतन्त्रमा योगदान गर्ने लघु उद्यमीलाई कर छुटको घोषणा गरेको हो ।

हाल सञ्चालनमा रहेका साना झण्डै पाँच लाख उद्योग प्रतिष्ठान मध्ये एक तिहाइ उद्योगहरु लाभान्वित हुने हुने भएका छन् । बजेटको उक्त घोषणाले लघु उद्योगको जग बस्ने उद्योग विभागले जनाएको छ । मंसिर २०७८ मा प्रकाशित अध्यावधिक विवरणअनुसार देशभर साना, घरेलु र मझौला गरेर ४ लाख ७८ हजार १८७ वटा छन् ।  जसले लघुतर्फका सवा लाख हारहार भर्खरै पाइला चाल्दै गरेका साना उद्योगलाई टिकाएर अघि बढाउन उनीहरुलाई यस्तो सहुलियतको व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

सरकारले गरेको वर्गीकरण अनुसार घर जग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको र बढीमा ९ जनासम्म कामदार रहेको उद्योगले यस्तो सुविधा पाउने छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्