बुधबार ७ दशमलव २१ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.२१ अंकले घटेर २ हजार १३०.७१ बिन्दुमा पुगेको हो । बुधबार कुल २ सय २७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी शिखर इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ । यस कम्पनीको १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट ल्याएपछि सेयर बजार लगातार तेस्रो दिन पनि घटेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्