‘बजेटले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको छ’ : सांसद ज्ञवाली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताएका छन् । प्रतिनिधिसभाको तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राखे । सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने , “बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैँ आयात घटाउँछु भन्छन् , राजस्व बढाउँछु भन्छन् , तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।” बजेटबारे छलफल जारी रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्